दुई लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १३ मंसिर २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट लघुवित्त लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि मंशिर १४ गते बुकक्लोज गर्ने भएकाले यी कम्पनीका आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न मंसिर २८ गते, शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यस्तै, सपोर्ट लघुवित्त लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस ६ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर