बुंगल हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको हो ।
कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित र २ लाख ७ हजार ५०० कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरेको हो ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा अति प्रभावित क्षेत्र बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ (साबिक पिपलकोट गाविस वडा नं. ४, ५, र ७) वडा नं ७ (साबिक कफल्सेरी गाविस वडा नं. १) र सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११० का बासिन्दाले आवेदन दिन सक्नेछन् । दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितका लागि निष्कासन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।
प्रथम चरणको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।
Shares