सानिमा बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०४ असोज २०८२
Image description

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँबरारको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनी महानुभावहरूलाई लाभांश वितरण गरिनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर