अप्पर स्याङ्गे हाईड्रोपावरको साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: १७ असोज २०८१
Image description

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको आठौं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा कुण्डलिनी दरबार ब्याङ्क्वेट, चप्पल कारखाना चोक काठमाडौंमा सम्पन्न भएको हो । साधारणसभाबाट संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आर्थिक वर्ष २०८०/८१ म विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीले आउने आर्थिक वर्षमा लाभांश दिने गरी कार्य सम्पादन गर्न अनुरोध गर्दै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर