गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल -केडिसी)को उपचार सेवामा आकर्षक छुट

अर्थकागज
प्रकाशित: १५ वैशाख २०८३
Image description


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल -केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०Ü सम्म छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल -केडिसी)को बेड शुल्कमा १५Ü तथा अन्य स्वास्थ्य सेवामा १०Ü सम्म छुट प्राप्त गर्नसकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल -केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा -कास्की), नारायणगढ र भरतपुर -चितवन) र बुटवल -रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट/क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्नसक्नेछन् ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर