नेपाल टेलिकमको नाफा घट्यो
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम लिमिटेड) को नाफामा गिरावट आएको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफामा ७.८६ प्रतिशत कम हो ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ । कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ ।
Shares