आज सेयर बजार बन्द !
प्रकाशित:
१८ भदौ २०८०
काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । आज अर्थात बुधार सार्वजनिक बिदा भएको कारण नेपाल स्टक एक्स्चेन्ज पनि बन्द हुने नेप्सेले जनाएको छ ।
सार्वजनि विदाको दिन सेयर बजार नियमित बन्द हुँदै आइरहेको छ । यतिसम्म कि उपत्यका विदामा समेत नेप्से बन्द हुने गरेको छ । लगानीकर्ताले यसको चर्काे विरोध गर्दै आइरहेका छन् ।
उपत्यका विदामा सेयर बजारका खुला हुनु पर्ने लगानीकर्ताको माग छ । उपत्यका विदामा सेयर बजार बन्द हुँदा मोफसलका लगानीकर्ता मारमा पर्दै आइरहेका छन् ।
पुँजी बजारको दोहोरो चरित्रको कारण यति खेर लगानीकर्ता तनावमा रहेका छन् । एक दिन बढ्यो भने ४ दिन बजार घट्छ । जसको परिणाम स्वरुप लगानीकर्ताको पोटफोलियो करिब ५० प्रतिशतले घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares