सानिमा मिडिल तमोर हाइड्रोको नाफामा उछाल, विद्युत बिक्री आम्दानी करिब २ अर्ब
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, कम्पनीले सो अवधिसम्ममा विद्युत बिक्रीबाट करिब २ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भयको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म विद्युत बिक्री आम्दानी १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको आम्दानीको तुलनामा ४५९.८० प्रतिशतले बढी हो,अघिल्लो आर्थिक बर्षमा ३५ करोड २४ लाख रुपैयाँ बराबरको बिद्धुत बिक्री गरेको थियो ।
आम्दानीमा भएक वृद्धिसँगै कम्पनीको नाफा पनि छलाङ मारेको छ। समीक्षा अवधिमा खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि अघिल्लो वर्ष ६ पैसामा सिमित रहेकोमा अहिले बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ।
३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा रहेको छ। साथै, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४२.५२ गुणा रहेको कम्पनीले जनाएको छ।
Shares