नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बार्षिक साधारणसभाबाट लाभांश सहित सवै प्रस्ताव पारित
प्रकाशित:
२३ मंसिर २०८२
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौं बार्षिक साधारणसभा आज अनुप फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले ६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । त्यस गरी साधारसभाबाट आर्थिक वर्ष २०८२/८३ को लागि वाह्य लेखापरिक्षक नियुक्तीसँगै पारिश्रमिक पनि तोकिएको छ । सभाबाट संचालक समितिमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्वाचित भएका छन् । यि दुवै जना सर्वसाधारण सेयरधनी समुहबाट निर्वाचित भएका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares