नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं– नेपाल फाइनान्स लिमिटेडको ३२ औँ वार्षिक साधारणसभा आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाबाट संचालक समितिमा योगराज कँडेल शर्माल निर्वाचित भएका छन् ।
सभाले उपयुक्त कुनै बैंक तथा वित्तीय संंस्था एक आपसमा गाभ्ने/गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्क गर्न मान्यता प्राप्त मुल्याङ्ककर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने, समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयारी पार्ने, हस्ताक्षर गर्ने लगाएका गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
Shares