चन्द्रागिरी हिल्सले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश
प्रकाशित:
११ मंसिर २०८१
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंशिर १० गते सोमबार बसेको संचालक समिती बैठकले पुस २९ गते आईतबारका लागि साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले यस पटक गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले पुस ३ गते चन्द्रागिरी हिल्सको कार्यलय चन्द्रागिरी काठमांडौमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे बोलाएको हो ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंशिर २१ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंशिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares