नेपाल राष्ट्र बैंकका गभर्नरको १४ करोड सेयरमा लगानी, ४५ तोला सुन,१५ लाखको हिरा र बैंक ब्यालेन्स कति ?

अर्थकागज
प्रकाशित: १० असार २०८२
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवर अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीको सेयरमा १४ करोड रुपैयाँ लगानी रहेको छ ।

जसमा सानिमा बैंकमा २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक सेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत भएको ९२ हजार ५७९ कित्ता सेयर, र सानिमा मिडिल तमोर हाइड्रोमा १ लाख ८८ हजार कित्ता संस्थापक सेयर रहेको छ।

त्यस्तै उनको ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८ सय ३४ कित्ता सेयर, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता सेयर, चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ। त्यस्तै उनको श्रीमतीको नाममा ग्लोबेको प्रालिको ७५ हजार कित्ता सेयर रहेको छ। उनको श्रीमतीको नाममा ४४ लाखमा खरिद गरिएको सुजुकी कार पनि रहेको छ।

गभर्नर पौडेलले विभिन्न बैंकमा २७ लाख रुपैयाँ बचत रहेको छ ।अरु अचल सम्पत्ति पनि प्रशस्त रहेको छ ।

गभर्नर पौडेलको अरु सम्पत्ति कति ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर