कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर बाघको शिकार हुदैन- ओली

अर्थकागज
प्रकाशित: १४ पुस २०८२
Image description

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको एकतालाई कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिएका छन् ।

मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा भएको एघारौँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै उनले कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विशालकाय एमाले र नेपाली काँग्रेससँग मुकावला गर्न मोर्चाबन्दी गरेको बताउदै घैटामा पानी बोकेर समुन्द्रसँग मुकावला नहुने बताए ।

ओलीले सम्बोधनका क्रममा चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले फागुनमा, बैशाखमा या मङ्सिरमा जहिले चुनाव भएपनि आफुहरु तयार रहेको बताए । ओलीले भने- 'हामी चुनाव पर्खिरहेका छौ । कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला या अर्को मङ्सिरमा होला । हामि चुनाव पर्खिरहेका छौं । जस्तो महाधिवेशनबाट धेरै कुराको जवाफ दिएका छौं । त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने छौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।'


प्रतिक्रियाहरू

सम्बन्धित खबर