इजरायलमा १० जना नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

अर्थकागज
प्रकाशित: २१ असोज २०८०
Image description

काठमाडौं । सरकारले भोली अर्थात मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

 इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा  गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माको अनुसार बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय समेत गरेको छ ।

यस अघि समाचार अन्यथा भएकोले सच्चाइएको छ । सम्पादक

प्रतिक्रियाहरू

महेन्द्रप्रसाद अधिकारी

2 years ago

विदा होइन किन विदा लेख्नुभएको होला

सम्बन्धित खबर