आजदेखि नेको इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला, कहाँबाट र कति आवेदन दिने ?

अर्थकागज
प्रकाशित: ०७ फागुन २०८१
Image description

काठमाडौं । आफ्नो शेयरधनीको लागि नेको इन्स्योरेन्सले आज (फागुन ८ गते) देखि २५ प्रतिशत हकप्रद शेयर बिक्री निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले चुक्ता पुँजी ५० करोड ३० लाख ९० हजार १५५ रुपियाँले हुन आउने २५ प्रतिशत अर्थात् ४ कित्ता बराबर १ कित्ता अनुपातमा १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।  हकप्रद निष्काशनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ । त्यसैले माघ १५ (१६ र १७ सार्वजनिक बिदा) गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरधनीले कहाँबाट आवेदन दिने ? 

शेयरधनीले हकप्रद शेयर खरिदका लागि कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल, नक्साल काठमाडौंका साथै नेको इन्स्योरेन्सका कैलाली, मोरङ, पर्सा, पोखरा, रुपन्देही, बाँके, सुर्खेतमा रहेका प्रदेश तथा शाखा कार्यालबाट दरखास्त फाराम पाइनेछ । साथै सोही स्थानमा दरखास्त बुझाउन सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर