सिटिजन्स लाइफको आईपिओ बाँडफाँड !

अर्थकागज
प्रकाशित: २७ भदौ २०८०
Image description

काठमाडौं । सटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

बिहीबार (आज) धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । आईपीओको सोमबार प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ ।

कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर