छ्याङदी हाइड्रोपावरले बोलायो एकैपटक दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८१
Image description

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको साधारणसभा साधारणसभा बोलाएको छ । कम्पनीले १० औं र ११औं साधारणसभा पुस ५ गते, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।

सभामा सञ्चालक समितिको दुई आवको वार्षिक प्रतिवेदनमाथि छलफल, गत आवको लेखापरीक्षको पारिश्रमिक अनुमोदन, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पेश गरिनेछ । साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सीमाभन्दा बढीको खर्च अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेण्डा पनि सभामा पेश हुनेछन् । साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभागमा भाग लिन पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर