नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, डाक्यो विशेष साधारण सभा

अर्थकागज
प्रकाशित: १८ वैशाख २०८१
Image description

हकप्रद सेयर निष्काशनको प्रस्तावसहित नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समिती बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

इन्स्योरेन्सले आगामी जेठ ४ गते, शुक्रबार, बिहान ११ बजेका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा आह्वान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर