गर्जाङ उपत्यका हाइड्रो पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडको बीच साधारण सेयर निष्काशनसेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा सेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ, जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमका बिच गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रकमको २०% प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु.१००/– अङ्कित दरमा १०,००,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्र अनुसार शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।
Shares