कहिले हुन्छ विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट ?

अर्थकागज
प्रकाशित: ३१ चैत २०८१
Image description

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट यही साताभित्र हुने प्रारम्भिक तयारी भइरहेको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार केही प्रक्रिया बाँकी रहेकाले शुक्रबारसम्म बाँडफाँट गर्ने योजना छ, यद्यपि मिति यकिन भइसकेको छैन।

एफपीओमा माग अत्यधिक भएकाले गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ। कुल १९ लाख ७४ हजार ७०९ जनाले २ करोड ३३ लाख ८४ हजार कित्ताका लागि आवेदन दिएका छन्, तर ५ हजार १२९ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले चैत २१ देखि २६ गतेसम्म ५१ हजार २९२.५० कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गरेको थियो। सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ ल्याइएको हो। 

प्रतिक्रियाहरू

Dudh Bahadur thakali

1 year ago

Sss

सम्बन्धित खबर