इलाममा आज बिहानदेखि मतगणना सुरु हुने
इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज आइतबार बिहानदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आईपुगे पछि मतगणना आज बिहान सुरु गर्ने तयारी गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सर्वदलीय बैठक बोलाएको छ । मत गणना सुरु हुनु अघि बस्ने बैठक बिहान ७ बजेका लागि बोलाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले बताए । उनका अनुसार मतगणना समबन्धि समन्वय बैठक भोलि बिहान ७ बजे बोलाइएको छ । बैठकपछि मतगणना सुचारु हुने छ ।
इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इलाम २ का ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्रलाई संबेदनशील मानिए पनि शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ (५९ दशमलब ७९ प्रतिशत) मत खसेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिम बिचमा प्रतिष्पर्धा हुने देखिएको छ । इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले उम्मेदवारी दिएकाछन् ।
Shares