यो वर्ष पनि सेयरधनीलाई उच्च प्रतिशतमा लाभांश दिनेछौं: प्रेमा राज्यलक्ष्मी सिंह-अध्यक्ष, नेशनल लाइफ इन्स्योरेन्स
प्रकाशित:
०६ भदौ २०८१
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा पनि सेयरधनीलाई उच्च प्रतिशतमा लाभांश दिने कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बताएकी छिन् । शुक्रबार भव्य र सभ्य रुपले नेशनल लाईफको आफ्नै भवन लाजिम्पाट काठमांडौमा सम्पन्न ३६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष सिंहले यस्तो बताएकी हुन् । गत आर्थिक वर्ष २०७९/८० मा ४ प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिएपछि सभामा बोल्ने अधिकांश सेयरधनीले यो आर्थिक वर्षमा लाभांश बढाउन आग्रह गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले अर्काे वर्ष उच्च लाभांश दिनुको साथै नगद लाभांश र बोनस सेयरको अनुपात ५०/५० हुने गरी लाभांश घोषणा गर्ने समेत बताएकी छिन् । अर्काे वर्ष साधारणसभा समयमा नै अर्थात पुष मशान्त भित्र साधारणसभा गर्ने बचन समेत सेयरधनीलाई अध्यक्ष सिंहले दिएकी छिन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको नम्वर वान लाइफ इन्स्योरेन्स कम्पनी भएकोले यसको छवि बचाई राख्न संचालक र उच्च व्यवस्थापनलाई सेयरधनीले आग्रह गरेका छन् । सभामा बोल्ने सवै सेयरधनीहरुले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश प्रसाद खत्रीको खुलेरै प्रशंसा गरेका थिए । सेयरधनीले सभामा करारमा भएका कर्मचारीलाई स्थायी रुपले भर्नाको लागि प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।
साधारणसभामा डमरु बल्लभ घिमिरे, कुबेर श्रेष्ठ, लवराज जोशी, शत्रुघन श्रेष्ठ लगायतका एक दर्जन भन्दा धेरै सेयरधनीले बोलेका थिए । सेयरधनी लक्ष्मण श्रेष्ठ लगायत आधा दर्जन जति सेयरधनीले लिखित रुपमा संचालक समितिलाई सल्लाह सुझाव दिएका थिए ।
यो पनि ...
- यि हुन् नेशनल लाईफ इन्स्योरेन्सका ११ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?
- नेशनल लाईफ इन्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares