नेपाल धितोपत्र बोर्डले दियो हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निश्कासन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: ०९ जेठ २०८२
Image description

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आज जेठ ९ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो।

यस संगै अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर