१६२% लाभांश क्षमता भएको घोराहीले यसपाली लगानीकर्ताहरुलाई कति % बोनस देला ?
काठमाडौं । उत्पादन तथा प्रसोधन समुह अन्तर्गत रहेको घोराई सिमेन्टले भर्खरै अघिल्लो महिना मात्र ४३५ रुपैयाको प्रिमियम मुल्यमा आईपीओ बिक्रि गरेको थियो ।
यहि अगष्ट १३ मा नेप्सेमा सुचिकृत भई ५८१ रुपैया सम्मको उच्च मुल्य बनाएको कम्पनीलले (आज) मंगलबार ४७० रपैयाँमा कारोबार भएको छ । दोस्रो बजारमा हालसम्मकै न्यूनतम मूल्य जुन आईपीओ जारी गर्दाको मुल्यभन्दा ३५ रुपैया मात्र माथिल्लो मुल्यबाट कंम्पनीको मुल्य बढ्न सुरु भई ४.५९% बढेर ४९९ रुपैयाँमा बन्द भएको देखिन्छ ।
कम्पनीले आईपीओ जारी गर्दा प्रकाशित गरेको बित्तिय बिवरणका अनुसार हाल कम्पनीको चुक्ता पूँजी ३, ८७, ६४, १६, ५००/– तीन अर्ब सतासी करोड चौसठ्ठि लाख सोर्ह हजार पाँच सय रुपैया रहेको देखिन्छ ।
- 'अपि पावर कम्पनी दक्षिण अफ्रिकामा पाइने ब्लाक डाइमण्ड (कोहिनुर) हो': संजिव न्यौपाने-प्रबन्ध निर्देशक, अपि पवार कम्पनी (अन्तरवार्ता )
- आईपीओमा आवेदन दिएर मलजल गर्ने होइन, सोना सिमेन्टको उद्योग नै बन्द गर्नुपर्छः मुनाल घिमिरे, वडा अध्यक्ष
कम्पनीको बितरण योग्य मुनाफा भने ३ अर्ब ९४ करोड ३८ लाख ६० हजार ५ सय बिस रहेकोछ । त्यस्तै भर्खरै जारी आईपीओ प्रिमियम मार्फत कम्पनिले २ अर्ब ३४ करोड १९ लाख एक हजार छ सय रुपैया आम्दानी गरेको देखिन्छ । कम्पनीले देखाएको पुरानो बितरणयोग्य मुनाफा र हालैको आईपीओको प्रिमियम मार्फत कमाएको समेत गरेर कुल रकम ६ अर्ब २८ करोड ५१ लख ६२ हजार १२० रुपैयाँ बितरण योग्य रकम रहेको देखिन्छ ।
कम्पनीको सर्बसाधारण सेयर कुल सेयरको २० प्रतिशत अर्थात ७९ लाख ४३ हजार ८ सय एक कित्ता छ भने प्रमोटर सेयर ८० प्रतिशत अर्थात ३ करोड १७ लाख ७५ हजा र२ सय पाँच कित्ता सेयर प्रमोटरको रहेको छ । कम्पनिको ८०% प्रमोटर सेयर भने तिन बर्षपछि मात्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने हुन्छ ।
तिन बर्षपछि मात्र प्रमोटर सेयरको लकिङ्ग पेरियड खुल्ने भएकोले सप्लाईको हिसाबले पनि न्यून रहेको कंम्पनीले १६२.१३% लाभांश बितरण गर्न सक्ने क्षमता देखिन्छ । बिगतमा बेयरिस बजार हुँदा भित्रिएको शिवम सिमेन्ट न्यूनतम ३२८ रुपैयाको न्यून मुल्य बनाएर बढ्न सुरु गरेको कम्पनीले पहिलो बृद्धिको उच्च मुल्य ७१७ बनाएको थियो । बजार बुलिस चरणमा हुदा १९०० माथीसम्म कम्पनीको मुल्य पुगेको थियो ।
आज घोराई सिमेन्ट ४७० को न्यूनतम मुल्यबाट बढेर ४९९ अर्थात ४.५९% को बृद्धि हुँदा एक लाख चार हजार चार सय एघार कित्ताको कारोबार भएको देखिन्छ । जुन आज कारोबार भोल्युमको हिसाबले समेत पाँचौ स्थानमा रहेर धेरै कित्ता कारोबार भएको देखिन्छ ।
हालसंम्म घोराईको एघार लाख एकचालिस हजार पाँच सय त्रियानब्बे कित्ता ५०८.८२ एभ्रेज मुल्यमा कारोबार भएको छ भने उच्चमुल्य पाँचसय एकासिमा कारोबार भएको कंम्पनीको मुल्य आज ४९९ मा कारोबार बन्द भएको छ ।
प्रतिक्रियाहरू
Harry Bhai
2 years ago
Bonus share dinxa ki cash Daviden dinxa hola sir yaspani
Yubaraj Bajagain
2 years ago
How much higher price
सुदिप दाहाल
2 years ago
मान्छे लाई झुक्याउने पनि सिमा हुन्छ नी यो कम्पनीलाई तुरुन्तै कार्बाहि होस
Shares