एभरेष्ट बैंकको ३२ औं बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: १३ असोज २०८३
Image description

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिको अध्यक्ष डा. बालगोपाल वैद्यको अध्यक्षतामा सम्पन्न सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश  (बोनसमा लाग्ने कर समेत) रहेको छ । 

त्यसै गरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले २०८३ साल असार ३२ गतेको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लेखापरीक्षकको प्रतिवेदनसहित पारित गर्नुको साथै  बोनस शेयर जारी पश्चात पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।    

सभामा १७ जना सेयरधनीहरुले बोलेका थिए । बोल्ने अधिकांश सेयरधनीहरुले यस आर्थिक वर्षमा लाभांशमा बोनस सेयरको प्रतिशत बढाउन समेत संचालक र व्यवस्थापनलाई अनुरोध गरेका छन् । 


प्रतिक्रियाहरू

Kalyankarki

1 week ago

ईपिस बढि हुन्छ यसैकाे अाधारमा शेयर खरिद गरेकाे हुन्छ ।तर लाभाश दिने बेलामा अाधा पनि छैन ।कारण के हाे ।थाहा पाउन पाए हुन्थियाे।

Khem raj Giri

1 week ago

सधै नगद बढी दिने गरेको छ नगद त आउछ भोलिनै नगद सकिजान्छ तर बोनस सेयर आए सेयर संख्या बढी भै भबिस्यमा प्रतिफल राम्रो हुन्थ्यो नि ।

सम्बन्धित खबर