वर्षमा कति घर निर्माण हुन्छन नगरपालिकासँग विवरण नै छैन
उदयपुर । त्रियुगा नगरपालिकामा नगरपालिकाभित्र वर्षमा कति घर निर्माण हुन्छ त्यसको कुनै विवरण नै छैन । घर निर्माण सम्पन्न प्रमाणपत्र कतिले लिए उकिन तथ्याङ्क नै छैन ।
भवन निर्माणकालागि अनुमति लिने तर निर्माण सम्पन्न भएपछि सम्पन्न प्रमाणपत्र लिन सेवाग्राही नआउने भएकोले विवरण राख्न नसकिएको त्रिनपा भवन निर्माण शाखाले जनाएको छ ।
भवन निर्माणकालागि इजाजत दिंदा २ वर्ष समय तोकिएको हुन्छ तर सो अवधिमा कसैले निर्माण सम्पन्न लिने कसैले नलिने गरेकोले पनि एकिन विवरण संकलनमा समस्या भएको त्रिनपाको भवन निर्माण शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७८ ।०७९मा २सय ७२ जनाले भवन निर्माणकालागि इजाजत लिएकोमा सम्पन्न प्रमाणपत्र लिनेमा २ सय ८२ जना रहेको छ । आथिृक वर्ष २०७९ ।०८०मा २ सय ७ वटा घर निर्माणकालागि यजाजत दिइएकोमा ५१ वटामात्र निर्माण सम्पन्न प्माणपत्र दिइएको छ । आ. ब २०७७।०७८ मा२ सय ७३ वटा नक्सापास भै घर निर्माणकालागि इजाजत लिएको देखिन्छ ।
यस्तै गरी आ.ब. २०७८।७९मा २ सय ९५ वटा र ७९।८०मा २सय ४ वटा नक्सा पास भए पनि नक्सा पास भएजति सबैले भवन निर्माण नगरेकोले निर्माण सम्पन्न प्रमाणपत्रमा कमि देखिएको हुन सक्ने भवन निर्माण शाखाले जनाएको छ ।
प्रमाणपत्र लिएको भन्दा बढी घर निर्माण भएको हुन सक्छ । अघिल्लो आर्थिक वर्षमा इजाजत लिएकाले पछिल्लो वर्षमा निर्माण सम्पन्न प्रमाणपत्र लिएकोले इजाजत लिनेभन्दा सम्पन्नता प्रमाणपत्र लिने बढी देखिएको त्रियुगा नगरपालिकाका सूचना अधिकारी घनश्याम पोखरेलले बताए ।
नक्सा पास भएजति सबै भवन निर्माण सम्पन्न हुँदैनन ्। तेकिएको म्यादभित्र सम्पन्न गर्न नसक्नेले तोकिएको शुल्क बुझाएर नवीकरण गरेर बनाउने गरेका छन् । भवन निर्माण गर्दा नगरपालिकाले राष्ट्रिय भवन संहितालाई आधार मानेर मापदण्ड तयार पार्ने भएकोले सोही अनुसार अनुसार भवन बनाउनु पर्ने प्रावधान रहेको सूचना अधिकारी पोखरेलले बताए ।
नक्सा पास गरेर भवन निर्माणकालागि इजाजत लिएकाहरुले निर्माण सम्पन्न भएको प्रमाण्पत्र लिएपछि मात्र वर्षमा कति घर निर्माण भयो भन्ने एकिन तथ्याङ्क आउने सूचना अधिकारी पोखरेलले बताए ।
इजाजत लिएका सबैले समयमा भवन निर्माण गर्न नसक्नुमा आर्थिक मन्दी, भू उपयोगनीति, किताकाट रोकिनु लगायतका कारण रहेको त्रियुगा नगरपालिकाको भवन निर्माण शाखाले जनाएको छ ।
Shares