शिखर इन्स्योरेन्सको सिईओ र प्रबन्धकको तलव /भत्ता ७ करोड ७ लाखमाथि, सचालकहरुको बैठक/भत्ता कति ?

अर्थकागज
प्रकाशित: ०५ चैत २०८०
Image description

काठमाडौं । सेयरधनीलाई लाभांश नदिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही उच्च पदका कर्मचारीलाई करोडौं रुपैयाँ तलव भत्ता भुक्तानी गरेकोछ । प्रमुख कार्यकारी अधिकृत तथा अन्य प्रन्धकलाई आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७ लाख ५७ हजार ४६ रुपैयाँ तलव भत्ता वापत भुक्तानी गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपप्रकाश पाण्डे रहेका छन् । कम्पनीको उपप्रमुख कार्यकारी अधिकृतमा बिमल राज नेपाल र सविता मस्के रहेका छन् । त्यसै गरी महाप्रबन्धकमा राज रिमाल, उदित प्रसाद काफ्ले र प्रज्वल आचार्य रहेका छन् । त्यसै गरी उपमहाप्रबन्धक / कम्पनी सचिवमा सुरज राजबाहक र वरिष्ठ प्रबन्धक – पुनः बीमामा विजय दाहाल रहेका छन् । कम्पनीका संचालकहरुले यस आर्थिक वर्षमा २५ लाख ६४ हजार रुपैया बैठक भत्ता बुझेका छन् भने अय समितिले बैठक बापत २१ लख ४२ हजार ८७३ रुपैया बुझेका छन् । संचालक समितिको प्रति बैठक भत्ता अध्यक्षलाई २० हजार रुपैयाँ र सदस्यलाई १८ हजार रुपैयाँ दिइएको छ ।

प्रतिक्रियाहरू

Lokchaa

2 years ago

Nitigat bhrastachar 🤣🤣 Sabai bhanda thulo bhrastachar hune thau bhaneko nai yehi bank, finance, share market ta honi 🤔🤔😂😂 karawahi garne kasle???

Rajkumar Poudel

2 years ago

हुँदा हुँदा लूट नै त हो ब्यावशाय भनेको ।।। नाफा त कर्मचारीले मस्ता खानु परेन जस्ले मह काढ्छ उसैले औला चाट्छ ।।

Deergh

2 years ago

यिनिहरु सब लाई जेल हाल्नु पर्छ। जनताको पैसा मा मोज गर्ने लाई।

Deergh

2 years ago

यिनिहरु सब लाई जेल हाल्नु पर्छ। जनताको पैसा मा मोज गर्ने लाई।

Krishna Shrestha

2 years ago

ब्रम्हलुटनै रहेछ नि !

सम्बन्धित खबर