साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको ५९ औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५९ औं बार्षिक साधारणसभा आज अर्थात शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा भव्यरुपले सम्पन्न भएको छ ।
कम्पनीको संचालक समितिको अध्यक्ष प्रदिप लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ९.५० प्रतिशत बोनस सेयर ०.५० प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश पारित गरेको छ ।
त्यसै गरी कम्पनीको प्रबन्धपत्र र निमायवली पनि सभाले स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत ताकेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले साधारणसभा समयमै गर्न लाभांश बढाउन आग्रह गरेका थिए । सेयरधनीहरुले उठाएको जिज्ञासामाथि कम्पनीको सिइओ उर्मिला श्रेष्ठले भोलीका दिनमा सेयरधनलाई उच्त प्रतिफल दिनको लागि व्यवस्थापन र संचालक लागि परेको बताउनु भयो ।
Shares