नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न,५.२६३२ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौँ वार्षिक साधारण सभा आज (शुक्रबार) काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न गरेको छ ।
सभाले बैंकको गत भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रूपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रूपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने गरी निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले पदबाट राजीनामा दिएपछि, सञ्चालक समितिको १९८औँ बैठकले सोही समूहबाट बाँकी कार्यकालका लागि अनिता रायमाझीलाई सञ्चालक पदमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक समेत तोको छ ।
Shares