ट्रेड टावरको आईपीओमा आवेदनको ओइरो, आजसम्म कति पर्यो आवेदन ?

अर्थकागज
प्रकाशित: १९ जेठ २०८२
Image description

काठमाडौं । ट्रेड टावर लिमिटेडले निश्कासन गरेको आईपीओमा आबेदनको ओइरो लागेको छ । कम्पनीले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आज (सोमबार) बेलुका ६ बजेसम्म २ करोड ३३ लाख ६० हजार ७० कित्ताको लागि आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार यस कम्पनीको आईपीओमा १९ लाख ६१ हजार ३९१ जना आवेदकबाट उक्त कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ७.०८ गुणाले बढी आवेदन हो । यस कम्पनीको आईपीओमा आवेदन अन्तिम दिन भोली अर्थात मंगलबार अन्तिम दिन रहेको छ ।


कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निश्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निश्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । लगानीकर्तालेकम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ । लगानीकर्ताले अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर