संचालकको १३३.३ प्रतिशत भत्ता बृद्धिको प्रस्तावलाई लिएर प्राइम कमर्सियल बैंकको साधारणसभामा सेयरधनीले गरे चर्काे विरोध
प्रकाशित:
१९ मंसिर २०८१
काठमाडौं । प्राइम कमर्सियल बैंकको साधारणसभामा सेयरधनीले चर्काे विरोध गरेका छन् । आर्मी अपिसर्स क्लब, भद्रकाली काठमाडौंमा भएको बैंकको १७ औं बार्षिक साधारणसभा बोल्ने अधिकांश सेयरधनीले संचालकहरुको भत्ता वृद्धिको प्रस्तावमाथि चर्काे विरोध गरेका हुन् ।
साधारणसभामा २१ जना सेयरधनीले बोलेका थिए भने आधा दर्जन भन्दा बढी सेयरधनीले लिखित सुझाव दिएका थिए । बोल्ने सेयरधनी र लिखित दिने सेयरधनीले संचालकको तलव भत्ता बृद्धिको प्रस्ताव अहिलेलाई रोक्न आग्रह गरेका थिए । बोल्ने अधिकांश सेयरधनीले हामी सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने अनि भत्ता बृद्धि चाही १३३.३ प्रतिशत बढाउन नपाइने भन्दै हलमा विरोध गरका थिए ।
बैंकले हाल संचालक समितिमा उपस्थिति भए बापत अध्यक्ष र अन्य उपस्थित संचालकले बैठक भत्ता स्वरुप प्रति बैठक भत्ता १५ हजारबाट अहिले बढाएर अध्यक्षलाई प्रति बैठक भत्ता ३५ हजार र अन्य संचाकल समितिका सदस्यलाई प्रति बैठक भत्ता ३० हजार बढाउने प्रस्ताव अघि सारेका थियो । त्यसै गरी संचालकहरुले मासिक १५ हजार लिदैं आएको पत्रपत्रिकाको खर्च बढाएर मासिक ३० हजार पुर्याउने प्रस्ताव अघि सारेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares