तस्विरमा हेरौं तेस्रो सांग्रिला साइकल र्याली
प्रकाशित:
१८ जेठ २०८१
काठमाडौं । तेस्रो सांग्रिला साइकल र्याली आज काठमाडौंमा सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको साइकल र्याली नक्सालको सानो गौचरणबाट सुरु भएर दश किलोमिटर सहर घुमेर पुन: सानो गौचरणमा नै आएर सकिएको थियो । हरित विश्वका लागि प्याडल चलाऔं' नाराका साथ भएको र्यालीले वातावरण जोगाउन सहयोग पुग्ने आयोजकको दाबी छ । १३ सयभन्दा बढी साइकल यात्रीहरु सहभागी र्याली सानो गौचरणबाट दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, मध्य बानेश्वर, गौशला, रातोपुल हुँदै फेरि सानो गौचरणमा पुगेर समापन भएको थियो । 'हरित विश्वका लागि प्याडल चलाऔं' नाराका साथ भएको र्यालीमा सहभागीहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत साइकल उपहारसमेत दिइने आयोजकले जनाएको छ ।
Shares