होटल पार्क ल्याण्डले IPO जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्ति

अर्थकागज
प्रकाशित: ०८ पुस २०८२
Image description

काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि सटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एक कार्यक्रमको बीच होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले नियुक्ती सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

विगत १८ वर्ष देखि आफ्नो कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित यस होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् । यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर