महिला अधिकार तथा विकास केन्द्रले पायो नयाँ कार्यसमिति, अध्यक्षमा तुल्सी थापा र उपाध्यक्षमा भण्डारी चयन
काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रले तुल्सी थापाको अध्यक्षतामा सात सदस्यीय समिति पाएको छ । केन्द्रको काठमाडौंमा सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट सो समिति चयन भएको हो ।
शुक्रबार सम्पन्न भएको साधारणसभाबाट अध्यक्षमा थापाका साथै उमा भण्डारी उपाध्यक्ष, जुलीकुमारी महतो सचिव, माया भण्डारी सहसचिव, तिलकुमारी पाण्डे कोषाध्यक्ष तथा सपना आचार्य र विपना अर्याल सदस्यमा चयन भएका छन् । सो संस्थामा १७ जना साधारण सदस्य रहेकोमा कार्यसमितिको सिफारिसमा ११ जना नयाँ साधारण सदस्यहरुको नामसमेत साधारण सभाले अनुमोदन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत शान्ता खनालले सपथ खुवाएकी थिइन् । निर्वाचित कार्यसमितिलाई पूर्व कृषि तथा पशुपंक्षी मन्त्री शान्ता मानवी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष तारा कुँवर र प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले सफल कार्यकालको लागि शुभकामना दिएका थिए । शुभकामना मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत न्यौपानेले महिला अधिकार तथा विकास केन्द्र महिला लघुवित्त वित्तीय संस्थाको अभिभावकको रुपमा रहेको र यी दुवै संस्थालाई राष्ट्रव्यापी बनाउन अहम भूमिका खेल्नुपर्नेमा जोड दिए ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares