राष्ट्रिय बीमा कम्पनीको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३२० रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ५४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिजर्भमा ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२० रुपैयाँ ४८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १ हजार ५ सय ९४ रुपैयाँ ५९ पैसा छ ।

कम्पनीको वित्तिय विवरणः

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर