यी हुन् शिखर इन्स्योरेन्सका १८ ठूला सेयरधनी, कसको कति सेयर स्वामित्व ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा व्यक्ति र कम्पनी गरी १४ वटा रहेका छन् । जसमा सबैभन्दा धेरै नेपालका चर्चित एवम् सफल व्यवसायी गौरव अग्रवालको सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका अग्रवालको १२.३२ प्रतिशत अर्थात ३२ लाख ७१ हजार ९९९ कित्ता सेयर स्वामित्व रहेको छ ।
त्यसै गरी बिकास जंग बहादुर रानाको ४.०४ प्रतिशत अर्थात ९ लाख ५३ हजार ७४४ कित्ता, बुद्ध एयर प्रा.लि.को ६.१८ प्रतिशत अर्थात १६ लाख ३९ हजार ५०१ कित्ता, कैलाश प्रसाद सिरोहियाको ३.६७ प्रतिशत अर्थात ९ लाख ७३ हजार ६३७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी पवित्रा कुमार कार्कीको १.६८ प्रतिशत अर्थात ४ लाख ४४ हजार ८१० कित्ता, शिखर बस्नेतको १.०५ प्रतिशत अर्थात २ लाख ७८ हजार १५ कित्ता, राजेन्द्र प्रसाद श्रेष्ठको ३.६५ प्रतिशत अर्थात ९ लाख ६८ हजार २७७ कित्ता सेयर स्वामित्व रहेको छ ।
१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु
प्रतिक्रियाहरू
शेर साउद
1 year ago
शिखर ईनशुरेनस कम्पनीले टिकापुर नगर पालिका का केरा किसान को गत वर्ष र यो आर्थिक वर्षको छती पुर्ती दियको छैन छिटो भन्दा छिटो रकम दिने काम गरोस।जय केरा किसान।
Shares