एभरेष्ट बैंकको साधारणसभा भव्यरुपले सम्पन्न, १५.५३ प्रतिशत लाभांशसहित सबै एजेण्डा पारित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ बार्षिक साधारणसभा आज (असोज २० गते) आइतबार आम्रपाली ब्याक्वेटमा भव्य र सभ्य रुपले सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंश गरि कुल १५.५३ प्रतिशत लाभांश पारित पारित गरेको छ ।
त्यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसै गरी प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ ३१ गतेको वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ । यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । साधारणसभामा एक दर्जन भन्दा बढी सेयरधनीले बोलका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले १५.५३ प्रतिशत लाभांश दिएकोमा धन्यवाद दिदै आगामि आर्थिक वर्षमा लाभांश बढाउन आग्रह गरेका थिए ।
प्रतिक्रियाहरू
Ravi Raj Paudel
2 years ago
उत्तरोत्तर प्रगतिको लागि शुभकामना।
Shares