सांग्रिला डेभलपमेन्ट बैंकको सिईओको तलव/भत्ता १ करोड ४६ लाखमाथि
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत -सिईओ) लाई एक वर्षमा कुल १ करोड ४६ लाख ७ हजार ८३५ रुपैयाँ तलब, भत्ता तथा विभिन्न सुविधाबापत भुक्तानी गरेको छ । कम्पनीको २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार तत्कालिन सिईओ सुयोग श्रेष्ठलाई तलव /भत्ता संचय कोष तथा अन्य सेवा सुविधा सहित एक मुष्ट उक्त रकम दिएको उल्लेख छ । सिईओ श्रेष्ठले अहिले सफल पूर्वक कार्यकाल गरी बैंक छाडिसकेका छन् ।
सिइओको मासिक निश्चित तलब तथा भत्ता ८ लाख ३५ हजार रुपैयाँ रहेको छ । जसअनुसार वर्षभरिको कुल निश्चित तलब तथा भत्ता रकम १ करोड २ लाख रुपैयाँ हुन आउँछ ।
वार्षिक सुविधा तथा भत्ताको मुख्य विवरणः
-निश्चित तलब तथा भत्ताः रु. १,०२,२०,०००
-मासिक रु. ८,३५,०००)
-कर्मचारी बोनस सुविधाः रु. २,३७२,२३८
-दशैँ भत्ताः रु. ८८८,१००
- सञ्चय कोष कट्टीः रु. ६३७,२०० -मासिक रु. ५३,१००)
- उपदानः रु. ५३०,७८४ -मासिक रु. ४४,२३२)
- कर्मचारी बिदा बापतको सुविधाः रु. १४८,०१७
- कर्मचारी पोशाक भत्ताः रु. ११,५००
-कुल जम्मा वार्षिक भुक्तानीः रु. १,४६,०७,८३५
निश्चित तलब–भत्ता बाहेक बोनस, दशैँ भत्ता, उपदान र सञ्चय कोषसहितका सुविधाहरूले गर्दा सिइओको कुल पारिश्रमिक तथा सुविधा १ करोड ४६ लाख रुपैयाँ माथि रहेको छ ।
Shares