सिटिजन्स बैंकले आज लाभांश पारित गर्दै

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौ । सिटिजन्स बैंकको वार्षिक साधारणसभा आज शुक्रबार असोज २६ गते बस्दै छ । 

साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा बैंकले ५.७९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, सिटिजन्सले ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ (कर सहित) नगद लाभांशमा खर्च गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्ने एजेन्डा छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गरिसकेको छ । असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर