नेपाल फाइनान्सले मर्जरमा जान पार्टनर खोजेको छैन, मर्जरको लागि बाटो मात्र खुला गरेको हो: उद्धवराज थपलिया -सिईओ

प्रकाशित:
०८ माघ २०८१

काठमाडौं । नेपाल फाइनान्सले मर्जरको लागि पार्टनर खोजेको छैन, मर्जरको लागि बाटो मात्र खुला गरेको फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले बताएका छन् । आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । बार्षिक साधारणसभा बोल्ने अधिकांश सेयरधनीले मर्जर जानको लागि पार्टनर खोजेको हो ? भनेर प्रश्न उठाएका थिए । सभामा सेयरधनीले उठाएको प्रश्नमाथि सम्बोध गर्दै थपलियाले भने-' मर्जरको लागि आजको दिनसम्म पार्टनर खाजेको छैनौं, भोलीका दिनमा आवश्यकता परेको खण्डमा हामीले बार्षिक साधारणबाट अनुमतिको लागि मात्र प्रस्ताव गरेका हौं । अहिले नै मर्जरमा जानेमा हामी सोचमा छैनौं ।'
सभामा अधिकांशले सेयरधनीले सिईओ उद्धवराज थपलियाको खुलुरे प्रशंसा गरेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares