राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

अर्थकागज
प्रकाशित: २७ भदौ २०८१
Image description

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । बिहीबार उनलाई प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो । पूर्वसांसद डा. श्रेष्ठको क्लिनिकबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल बेचविखन हुने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।

लागूऔषध ओसारपसार अभियोगमा पक्राउ गरेका एक युवाले श्रेष्ठको क्लिनिकबाट किनेको बयान दिएका थिए । सोही बयानका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । ढाकाकुमार पेशाले चिकित्सक हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर