आजको दिनसम्म पार्टनर खोजेको छैन्, मर्जरको लागि बाटो मात्र खुला गरेको होः उद्धवराज थपलिया-सिईओ, नेपाल फाइनान्स
काठमाडौं । नेपाल फाइनान्सले मर्जरको लागि पार्टनर खोजेको छैन, मर्जरको लागि बाटो मात्र खुला गरेको फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले बताएका छन् । आज नक्साल स्थित लिसारा रिसेप्सन, काठमाडौमा भव्यरुपले सम्पन्न ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । बार्षिक साधारणसभा बोल्ने अधिकांश सेयरधनीले मर्जर जानको लागि पार्टनर खोजेको हो र भनेर प्रश्न उठाएका थिए । सभामा सेयरधनीले उठाएको प्रश्नमाथि सम्बोध गर्दै सिईओ थपलियाले भने–’ मर्जरको लागि आजको दिनसम्म पार्टनर खाजेको छैनौं, भोलीका दिनमा आवश्यकता परेको खण्डमा हामीले बार्षिक साधारणबाट अनुमतिको लागि मात्र प्रस्ताव गरेका हौं । अहिले नै मर्जरमा जानेमा हामी सोचमा छैनौं ।’ सभामा अधिकांशले सेयरधनीले सिईओ उद्धवराज थपलियाको खुलुरे प्रशंसा गरेका थिए ।
प्रतिक्रियाहरू
XFwzJfHXMqjwZxOEjphCxoU
3 months ago
vsqDpjaHMMIpoWrlFkrWi
Shares