वन मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

अर्थकागज
प्रकाशित: १८ कात्तिक २०८०
Image description

उदयपुर । उदयपुर जिल्ला अदालतबाट वन मुद्दामा कैद सजाय पाएका तीन जनालाई उदयपुर प्रहरीले पक्राउ गरी फैसला कायान्वयनकालागि आइतबार उदयपुर जिल्ला अदातमा बुझाएको छ ।

जिल्ला प्रहरी कायाृल्य उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुरगढी गाउँपालिका ६ भसुवा भुमरे बस्ने वर्ष ५४ को चन बहादुर विष्ट, सोही ठाउँ बस्ने वर्ष ४८ को भिम बहादुर अधिकारी र सोही ठाउँ कै अर्का वर्ष ४५ का हरि बहादुर कटुवाल रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत उदयपुरको मिति २०७४ पुष २० गतेको फैसलाले चन बहादुरलाई २ महिना ७ दिनकैद सजाय सुनाएको थियो । यसैगरी भिम बहादुर अधिकारी र हरि बहादुर कटुवाललाई जनही ४ लाख ६ हजार ३५१ रुपैया जरिवाना र २ महिना ७ दिन कैद सजाय तोकिएको थियो । फरार अवस्थामा रहेका तीनै जनालाई प्रहरीले पक्राउ गरी आइतबार फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको सूचना अधिकारी चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर