छुट्ला है ! सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका
प्रकाशित:
०२ असार २०८२
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असार ३) अन्तिम दिन रहेको छ । यसअघि कम्पनीले जेठ १९ गतेसम्म आवेदन दिन पाउने भने पनि तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि असार ३ गतेसम्मलाई म्याद थप गरिएको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार प्रतिकित्ता एक सय रुपियाँका दरले १ः०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख ५ गते १ दिन बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख ४ गतेसम्म कायम रहने सेयरधनी मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares