हाथवे इन्भेष्टमेन्टले डाक्यो साधारणसभा, कहिलेसम्म सेयर किन्दा पाईन्छ १२ प्रतिशत बोनश ?
काठमाडौं । लाभांशसहितका एजेण्डा पारित गर्न हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औ बार्षिक साधारणसभा भदौ २५ गते, बुधबार, आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बानशमा लाग्ने कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ त्यसैले भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्
Shares