कालिञ्चोक दर्शनको साधारणसभा सम्पन्न, ५.२६३ प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ११ औं बार्षिक साधारणसभा आज बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीको अध्यक्षतामा सम्पन्न सभाले ५.२६३ प्रतिशत लाभांश पारित गरेको छ । जसनमा ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनको लागि) नगद रहेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को बोनस सेयर वितरण पछि कायम हुने सेयरको १०० प्रतिशत अर्थात एक बराबर एक)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले संचालक अशोक शिवाकोटी र ध्रुव शिवाकोटीलाई बाँकी समयको लागि संचालक नियुक्तमा अनुमोदन गरेको छ ।
भव्य रुपले सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र नीजिको पारिश्रमिक तोक्ने, प्रबन्धक पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिलाई आवश्यक अख्तियारी दिने र संचालक समितिले गरेको निर्णयहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले भोलीका दिनमा लाभांश बढाउन आग्रह गरेका थिए । सभामा सेयरधनीले उठाएको प्रश्नमाथि जवाफ अध्यक्ष बालकृष्ण शिवाकोटीले दिएका थिए ।
Shares