नेपाल इन्सुरेन्स र मितेरी डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्सुरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार मंसिर २८ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
नेपाल इन्सुरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२% नगद गरी जम्मा १०.५२% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
मितेरी डेभलपमेन्ट
बैंकले गत वर्षको नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५०% नगद गरी कुल १०% लाभांश वितरण गर्दैछ । लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Shares