चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायकालागि रणनीतिक साझेदारी
नेपालको प्रतिष्ठित व्यवसायिक घरानाचौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घरानाअदानीग्रुपवीचदुई देशवीचमासिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीकालागि सहमतिभएको छ ।
नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथदुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमानयाँअध्याय शुरू गरेका हुन् ।
नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतीप्रतिको अटल समर्पणलाई दर्शाउँछ । य
स अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावितहुने विश्वास व्यक्त गर्नुभएको छ । ‘यस रणनीतिक सहकार्यमार्फत हामीआर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदानदिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’प्रवन्ध निर्देशक चौधरीले भन्नुभयो ।
नेपालमाभएको यस सहमतिले चौधरी ग्रुप र अदानीग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझामुल्यमान्यता र आकांक्षाप्रतिबिम्बितगर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यकालागि प्रतिबद्ध रहदै थपआर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।
प्रबन्धनिर्देशकचौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्वदिई भूमिका खेनु भएकोमा र अटल समर्थनको लागि आभार व्यक्तगर्नुभयो ।
हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा पर्नु भएको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गर्नु भएको सहयोगले उहाँको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गर्नु भएको छ । अदानीग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनिदुवै पक्षको छ ।
Shares