एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.६१ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९.६३ प्रतिशत बढेको छ भने कुल खर्च ३.५६ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ९.४२ प्रतिशतले बढेको छ ।
३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ४४ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा छ ।
Shares