कक्षा १२ को नतिजा सार्वजनिक साँझ ५ बजे सार्वजनिक हुने
प्रकाशित:
२९ साउन २०८०
कक्षा १२ को नतिजा सार्वजनिक आज मंगलबार साँझ ५ बजे सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड श्रोतका अनुसार साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने छ । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको छ ।
वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares